Bisal Chautari Logo

चलचित्र ‘माछा माछा’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- ८ कार्तिक २०७६, शुक्रबार १२:०७ मा प्रकाशित


MACHHA MACHHA – Nepali Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ८ शुक्रवार ।
कार्तिक २९ गतेबाट प्रर्दशन हुने चलचित्र ‘माछा माछा’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सौगात मल्ल अभिनित यो चलचित्रको ट्रेलरमा सस्पेन्स र कमेडी देखिन्छ ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगातसँगै नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, प्रविन खतिवडा, सरिता गिरी, भोला राज सापकोटा, पुस्कर गुरुङ, कमल मणि नेपाल, धुर्व कोइराला लगायत कलाकारको अभिनय रहेको छ । यो चलचित्रलाई निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका हुन् । ट्रेलर हेर्नुस् :

शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेश श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ । सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको चलचित्रामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।

प्रतिक्रिया