Bisal Chautari Logo

सत्यराजले ‘अन्तरे’ निर्माण घोषणा गरे

- ७ कार्तिक २०७६, बिहीबार १३:०३ मा प्रकाशित


antare nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ७ बिहिवार ।
पछिल्लो समय नया निर्देशकहरु चलचित्र मेकिङमा होमिरहदा निर्देशक सत्यराज चौलागाईँले नयाँ चलचित्र ‘अन्तरे’ निर्माण घोषणा गरेका छन् । सत्यराजले यसअघि चलचित्र ‘अनुराग’ निर्देशन गरेका थिए ।

रेड आइज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा राज पण्डित र सुवाष राईको लगानी रहनेछ । यो चलचित्र समसामयिक कथामा आधारित भएर तयार पार्ने चलचित्रका निर्देशक सत्यराजले बताएका छन् । अहिले यो चलचित्रको स्क्रिप्टमा काम भईरहेको छ । चलचित्रको लागि मुख्य कलाकार फाइनल भएको छैन ।
निर्देशक सत्यराज विगत १२ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा काम गरिरहेका छन् । उनले दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका छन् ।

प्रतिक्रिया