Bisal Chautari Logo

‘पोई पर्याे काले’ सेन्सर पास, युनिभर्सल सर्टिफिकेट पायो

- ४ कार्तिक २०७६, सोमबार १३:२१ मा प्रकाशित


Poi Paryo Kale Movie|| Pooja Sharma
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ४ सोमवार ।
कार्तिक ८ गतेबाट प्रदर्शन गर्न लागेको चलचित्र ‘पोई पर्यो काले’ सेन्सर पास भएको छ । यो चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टि्फिकेट हासिल गरेको छ । अब, यो चलचित्रलाई सबै वर्ग र सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।

मानिसको बाहिरी रुप भन्दा भित्री मन सफा हुन पर्छ भन्ने कथा बोलेको यो चलचित्रमा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सुरक्षा पन्त, किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ ।
शिशिर राणाको कथा लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ । किरण नेपालीले प्रस्तुत गरेको चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माता रहेकी छिन् । शिव ढकालले खिचेको हो भने चलचित्रलाई तारा थापाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया