Bisal Chautari Logo

‘छ माया छपक्कै’को ‘बिच बिचमा’बोलको गीत यस्तो बन्यो (भिडियो सहित)

- १० आश्विन २०७६, शुक्रबार १०:५३ मा प्रकाशित


Chha Maya Chhapakkai Bicha Bichama song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १० शुक्रवार।
मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ यही असोज २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रोमोशनल गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको हिट तीज गीत बीच बीचलाई ‘छ माया छपक्कै’को प्रचारमा प्रयोग गरिएको हो ।

भिडियोमा गायक, संगीतकार तथा रचनाकार दुर्गेश थापा सहित ‘छ माया छपक्कै’का मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । चलचित्रकी सह निर्देशक दिपाश्री निरौला ड्रमरको भूमिकामा प्रस्तुत भएकी छिन् । रमाइलो टुक्का मिलाएर गाइएको बीच बीचमाको भिडियो पनि रमाइलो बनेको छ ।
दिपकराज गिरी र दिपाश्री निरौलासँग निर्माता रोहित अधिकारी मिलेर बनाएको छ माया छपक्कै गीत तथा प्रोमो सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया