Bisal Chautari Logo

‘छ माया छपक्कै’को भिन्न भिन्नै ६ पोस्टर सार्वजनिक

- ८ आश्विन २०७६, बुधबार १४:४५ मा प्रकाशित


Cha Maya Chhapakai poster
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ असोज ८ बुधवार ।
मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । दिपेन्द्र लामा निर्दे्शित लभ स्टोरी फिल्मको भिन्न भिन्न रुपमा ६ पोस्टर सार्वजनिक भएका हुन् ।

दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतको अभिनय रहेको फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई दिपक र दिपासँग मिलेर रोहित अधिकारीले बनाएका हुन् ।

प्रतिक्रिया