Bisal Chautari Logo

भद्रकालीमा पूजा गरि ‘आधा सुर’ को सुटिङ सुरु

- ११ भाद्र २०७६, बुधबार १३:३२ मा प्रकाशित


Aadha Sur shooting started
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र ११ बुधवार।
पारिवारिक कथानक फिल्म ‘आधा सुर’ को सुटिङ सुरु भएको छ। डेब्यु निर्देशक अशिन पौडेलको निर्देशन रहेको फिल्मको सुटिङ बुधबार भद्रकाली मन्दिरमा पूजाआजा गरि थालीएको हो ।

तीन युवाको गीतसँगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा रहेको फिल्ममा अर्पण थापा, प्रविण खतिवडा,शिसिर वाङ्देल,सरिता गिरी,दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल,सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी मुख्य भूमिकामा छन् । साउन १५ मा प्रेसमिटका बीच निर्माण घोषणा गरिएको फिल्म बिष्णु कल्पितले खिच्दैछन् ।

फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको फिल्म काठमाडौ र पोखरामा खिचिने छ । फिल्मका गीतमा रोशनराज थापाको संगीत छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेको हुन् । फिल्म भरपुर मनोरञ्जक बनाउने दावी निर्देशक अशिनको छ ।

प्रतिक्रिया