pushpa khadka and samragyee rl shah
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र ८ आइतवार। भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ’मारुनी’को टिम अहिले प्रचारप्रसारको लागी नेपाल टुरमा हिंडेको छ । इटहरी पछी चितवन पुगेको टिमले चितवनमा भव्य कन्सर्ट गरेको छ । चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारको आसपासमा दर्शकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कलाकारहरु पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले चलचित्रको दुई गीत ’जाम न माया जाम’ र ’सक्दिन म बाँच्न’ मा नृत्य गरेका थिए । उनिहरु नाच्दा दर्शकहरुले जोडले हुटिङ गरेका थिए । उनिहरु सँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए । यस्तै केही फ्यानहरु पिछा गर्दै होटेलसम्म पुगेका थिए । उनिहरुले कार्यक्रममा बोल्दै चलचित्र राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरेका थिए । चलचित्रकी निर्माता पुनम गौतमले आफ्नो घर नै चितवन भएकोले आउन लागेको तीजमा माइतीलाई ’मारुनी’ कोसेली लिएर आएको बताईन् । यस्तै, निर्देशक नवल नेपालले आफुले मुटु छुने चलचित्र बनाएकोले सबैलाई हेरिदिन आग्रह गरे । कार्यक्रममा गायक कृष्ण काफ्लेले पनि गीत गाएर दर्शकहरु लाई नचाएका थिए । चितवन पछी भदौ ७ गते पोखरा, ८ गते बुटवल र ९ गते नेपालगन्ज मा कार्यक्रम हुनेछ ।
प्रतिक्रिया