Bisal Chautari Logo

दयाहाङको ‘आप्पा’ ट्रेलर रिलिज

- १७ जेष्ठ २०७६, शुक्रबार १०:१७ मा प्रकाशित


APPA movie Dayahang Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ जेठ १६ बिहिबार ।
अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । गत बिहीबार राजधानीमा गरिएको एक प्रेसमिटबाट ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा पिता र छोराको सम्बन्धलाई देखाइएको छ । चलचित्रमा दयाहाङ आप्पा अर्थात् पिताको भूमिकामा छन् ।

अनमोल गुरुङद्धरा निर्देशित चलचित्रमा अभिनेता दयाहाङले ड्राइभरको भूमिका निभाएका छन् । उनले हाँकेको गाडी भारतीय यात्रु लिएर निकै अप्ठ्यारो बाटोमा हिँड्दा अनियन्त्रित भएर पल्टिन्छ । उक्त गाडीमा सवार एक बालक (सिद्धान्त राज तामाङ) र दयाको मात्र ज्यान बच्छ । त्यस बच्चालाई दयाले आफ्नो छोराको रुपमा पाल्छन् । फिल्म यही वरिपरि घुमेको ट्रेलर बोल्छ ।

Appa Nepali Movie Trailer Launch

असार १३ गते रिलिज हुने यस चलचित्रमा निर्देशन अनमोलकै कथा पनि रहेको छ । चलचित्रमा दयाहाङ र सिद्धान्तका अलावा अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको पनि अभिनय छ ।

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् । यसमा रुदेन सादा लेप्चाको लगानी छ । ‘आप्पा’ मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ । चलचित्रको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

बरिष्ठ चलचित्र निर्देशक तुलसीले ‘आप्पा’ को कथावस्तु मन परेका कारण काम गरेको बताए । कलाकार द्वय सिद्धान्त र अल्लोना चलचित्रलाई लिएर उत्साहित देखिएका छन् ।

APPA OFFICIAL TRAILER : Starring Daya Hang Rai, Allona Kabo Lepcha, Siddhant Raj Tamang

प्रतिक्रिया