Bisal Chautari Logo

बिराजको निर्देशनमा ‘साँङ्लो’को निर्माण घोषणा || निकितासँग बिराजको अनस्क्रिन रोमान्स

- २० बैशाख २०७६, शुक्रबार २०:२३ मा प्रकाशित


biraj bhatta sanglo movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख २० शुक्रबार ।
एक्सन स्टार बिराज भट्टको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘साँङ्लो’को निर्माण घोषणा गरिएको छ । गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमा निर्माणको अफिसियल घोषणा गरिएको हो । बैशाख २४ गतेबाट फ्लोरमा जाने सिनेमामा बिराज सँग पूर्व मिस नेपाल निकिता चाण्डकको जोडी बाँधिएको छ । दुई करोडको बजेटमा निर्माण हुने सिनेमामा तेज बहादु खड्काको लगानी रहने छ ।

बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण हुने सिनेमामा बिराज र निकिताका अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारको अभिनय रहने छ । सिनेमालाई मानकृष्ण महर्जनले छायाँकन गर्नेछन् । ‘साङ्लो’ को केही दिन अगाडि दुई दिनको छायांकन डोटीमा गरिएको अभिनेता तथा निर्देशक भट्टले बताए ।

५० दिनमा छायांकन पूरा गर्ने लक्ष्य लिइएको सिनेमाका गीतमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत भरेका छन् । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा सिनेमाको छायांकन गरिनेछ । सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ ।
साँङ्लोको मुख्य सहायक निर्देशन नवराज शर्माले हुन् । सिनेमालाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराख्ने विराजको भनाई छ । उनले कथाको माग अनुसार नै सिनेमाको मुख्य भुमिकामा पूर्व मिस नेपाल निकितालाई छनोट गरेको बताए । एक्सन(लभस्टोरी जनराको ‘साङ्लो’ लाई विराजले भोजपुरी र हिन्दीमा पनि डब गर्ने जानकारी पत्रकार सम्मेलनमा दिए ।

प्रतिक्रिया