JATRAI JATRA Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख १३ शुक्रबार । दयाहाङ राई, विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया स्टार चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । ‘जात्रा’ र ‘शत्रु गते’बाट सफल निर्देशकको रुपमा आफुलाई चिनाएका निर्देशक प्रदीप भट्टराई द्धरा निर्देशित चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलरमा कमेडी हाबी देख्न सकिन्छ । यो चलचित्र करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको सिनेमा ‘जात्रा’ को सिक्वेल हो ।
जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा अभिनेता विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन्, भने उता अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् ।
‘जात्रै जात्रा’मा दयाहाङ, विपिन, रबिन्द्र झ, रबिन्द्र बानियाको साथै अभिनेत्री वर्षा राउत, हास्य अभिनेता राजाराम पौडेल, प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई शिवराम श्रेष्ठले खिचेका हुन् । शंकर महर्जन द्वन्द्व निर्देशन छ भने निर्देशक भट्टराई स्वयमकै कथा रहेको छ । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।
हिट सिनेमा ‘जात्रा’को सिक्वेल भएका कारण यो चलचित्रप्रति दर्शकमा प्रतिक्षित बनेको छ । साथै ‘जात्रै जात्रा’को ‘माया पिरती’ बोलको गीतले पनि अहिले सिनेमालाई चर्चा दिएको छ ।
प्रतिक्रिया