Bisal Chautari Logo

रङ्गशाला निर्माणको सहयोगार्थ दुबइमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

- २८ चैत्र २०७५, बिहीबार ०४:२९ मा प्रकाशित


DHURMUS SUNTALI GAUTAM BUDHA CRICKET STADIUM

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबइमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

दुबइमा रहेकाे सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यही अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिनुभयाे ।

ग्राण्ड एक्सेलसियर होटल, बर दुबइमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबइमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया