Bisal Chautari Logo

अनमोलसंग भेट्दा सुहानाको ‘चिट डे’ || ‘ए मेरो हजुर ३’को नयाँ गीत रिलिज (भिडियो सहित)

- २२ चैत्र २०७५, शुक्रबार १८:२१ मा प्रकाशित


A MERO HAJUR 3 song Anmol KC and Suhana Thapa
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २२ शुक्रबार ।
वर्षकै सबैभन्दा बढी प्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र २९ गते रिलिज हुने सिनेमाको ‘चिट डे..’ बोलको गीत शुक्रबार सामाजिक सञ्जाल युट्युबाट रिलिज गरिएको हो ।
चलचित्रको यसअघि सार्वजनिक गीत ‘जिन्दगी नै भन्दीन’ र ‘परान’ बोलको गीतले दर्शकबाट राम्रो साथ पाइरहेको छ । साथै केही दिन अगाडी सार्वजनिक भएको ट्रेलरको चर्चाले सिनेमाको चर्चा उकालीदो छ । यही समयमा नयाँ गीत ‘चिट डे’ले पनि रिलिज भएको २–३ घण्टामै दर्शकबाट राम्रो पतिक्रिया पाइसकेको छ ।

सार्वजनिक गीतमा प्रविशा अधिकारीको स्वर रहेको छ भने उदयराज पौडेलको एरेञ्ज, प्रतिक पौडेको शब्द तथा संगीत रहेको छ । सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको गीतमा राहुल शाहको कोरियोग्राफी रहेको छ । चलचित्रमा अनमोल केसीको डबल रोल रहेको छ ।
स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

CHEAT DAY – A MERO HAJUR 3 | New Nepali Movie Song | Anmol KC, Suhana Thapa

प्रतिक्रिया