Bisal Chautari Logo

हलमा साइँली र शुभ लभ, कसले मार्ला बाजी

- १५ चैत्र २०७५, शुक्रबार ०४:२१ मा प्रकाशित


SAILE AND SHUBHA LOVE NEW NEPALI MOVIE

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १५, शुक्रवार।
यो शुक्रबार पनि दुईवटा नयाँ नेपाली आपसमा जुधेका छन् । एक साथ रिलिज गरिएका चलचित्र हुन्, साइँली र शुभ लभ ।

साइँलीको निर्माण र निर्देशन रामबाबु गुरुङले गरेका छन् । चलचित्रमा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधानलगायतको अभिनय रहेको छ । साइँलीलाई राजधानीको क्यूएफएक्सले हलले १९ शो दिएको छ ।

आजबाट रिलिज हुन लागेका नेपाली सिनेमाले मल्टिप्लेक्समा उच्च शो पाएका छन् । नयाँ हिन्दी सिनेमा नहुनु, अंग्रेजी सिनेमाको वितरण लफडाले नेपालमा रिलिज नहुनु र अघिल्लो हप्ता रिलिज भएका सिनेमाको व्यापार राम्रो नहुँदा नेपाली सिनेमालाई फाइदा मिलेको छ ।

शुभ लभले पनि उच्च शो नै पाएको छ । हरिहर अधिकारी र क्रिस्टिन पौडेलको मुख्य भूमिका रहेको सिनेमालाई क्यूएफएक्सले १० शोज दिएको छ । नेपाली फिल्मले २९ शोज पाएका छन् । चलचित्रको निर्देशन सन्तोष लोहनीले र निर्माण प्रदीपकुमार उदयले गरेका हुन् ।

प्रतिक्रिया