Bisal Chautari Logo

उपचार गरेर लण्डनबाट भारत फर्किए इरफान खान

- १३ चैत्र २०७५, बुधबार ०४:१३ मा प्रकाशित


IRFAN KHAN BOLLYWOOD ACTOR

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १३, बुधवार।
गएको मार्चदेखि थला परेका बलिउड अभिनेता इरफान खान उपचार गरेर लण्डनबाट भारत फर्किएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनी भारतमा नै उपचार गर्न भने फर्किएका भने होइनन् । उनी लामो समयदेखि न्युरोनडकरिन ट्युमर समस्याबाट ग्रसित रहेका छन् ।

उनको लण्डनको एक हस्पिटलमा उपचार चलिरहेको छ । उनी बिरामी परेपछि उनका धेरै प्रोजेक्ट लथालिंग भएको बताइएको थियो। मिडिया रिपोर्टका अनुसार उनी कहिले आफ्नो काममा फर्किन्छन् त्यो भने अझै स्पष्ट हुन सकेको छैन ।

उनी इंलिस मिडियम फिल्ममा काम गर्ने फाइनल भइसकेको थियो । तर, त्यो फिल्मको काम उनी बिरामी परेपछि अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया