Bisal Chautari Logo

‘यात्रा’को ट्रेलर रिलिज || सलिनमानको एक्सन अवतार (भिडियो)

- ११ चैत्र २०७५, सोमबार १५:३९ मा प्रकाशित


Salin Man Bania movie YATRA
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत ११ सोमबार ।
युवा स्टार अभिनेता सलिनमान बनियाँ स्टार चलचित्र ‘यात्रा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा पत्रकारमाझ निर्माण टिमले सार्वजनिक गरेको थियो । ट्रेलरमा लभ, एक्सन, कमेडीलगायतका पाटोलाई देखाइएको छ ।

सम्राट शाक्यद्धरा निर्देशित चलचित्र यही चैत २९ मा प्रदर्शनमा आउँदैछ । निर्देशक शाक्यले चलचित्रको मूलकथालाई ट्रेलरबाट प्रस्ट्याउन खोजिएको बताए । अभिनेता सलिनले चलचित्रमा भ्लगरको भूमिका निभाएका छन् । उनको अपोजिटमा मलिका महत छिन् । उनले एक दृष्टिविहीन गायिकाको भूमिका निभाएकी छन् । ट्रेलरमा उनको खोजीमा सलिन देखिएका छन् ।

अभिनेता सलोन बस्नेतको भूमिका भने ट्रेलरमा खुलाइएको छैन । चलचित्रमा सलिनमान, मलिका र सलिनको साथमा जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा कथा पनि निर्देशक सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।
चलचित्रमा केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

ट्रेलर हेर्नुहोस्

प्रतिक्रिया