Bisal Chautari Logo

एसईई दिँदै नायिका करिश्मा मानन्धर

- १० चैत्र २०७५, आईतवार ०६:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १० आइतबार ।
नायिका करिश्मा मानन्धर आइतबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएकी छन् । विद्या स्मारक विद्यालय डिल्लीबजार काठमाडौं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् ।

पहिलो दिन उनले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछिन् । परीक्षा दिन उनी निजी कार चढेर परीक्षा केन्द्र पुगेकी थिइन् । करिश्माले स्कुल ड्रेसमै परीक्षा दिइरहेकी छन् ।

तीन दशकभन्दा बढी फिल्म क्षेत्रमा काम गरिसकेकी करिश्माले यो उमेरमा पनि एसईई दिनुलाई उनको पढाइप्रतिको लगावका रूपमा हेरिएको छ । आफूसँग व्यावहारिक र स्वअध्ययन धेरै भए पनि प्रमाण पत्रकै लागि उनले एसईई दिएकी हुन् । यस वर्ष एसईई उत्तीर्ण भए उनले उच्च अध्ययन घरमै बसेर गर्ने जनाएकी छन् ।

प्रतिक्रिया