Bisal Chautari Logo

बलिउड स्टार अरसद नेपालमा

- १४ चैत्र २०७०, शुक्रबार ०३:०४ मा प्रकाशित


Arshad Warsi
विशाल चौतारी समाचार
कठमाडौं, १४ चैत ।
पछिल्लो समयमा विश्वका कलाकारहरुको बिदा मनाउने मुख्य गन्तव्य नेपाल बन्न थालेको छ । यहि वर्षको अनुपातलाई मात्र हेर्ने हो भने नेपालमा बलिउड देखी हलिउडका चर्चित कलाकारहरु समेत नेपालमा आएर बिदा मनाएका छन् ।
यस्तै क्रममा केही दिन अगाडी मात्र नेपाल आएकी पोर्न स्टार बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएर फर्किइको केही दिन वित्न नपाउदै अर्का बलिउड अभिनेता अरसद वारसी नेपाल आएका छन् । उनले नेपाल आउन अघि आफ्नो ट्वीटर मार्फत नेपाल हिडेको औपचारीक रुपमा लेखेका थिए । अभिनेता अरसद नेपालमा बिदा मनाउने क्रममा ट्रेकिङमा रमाउने उनले लेखेका छन् । उनले ट्वीटरमा जानकारी दिन अनुसार १५ दिन नेपालमा रहनेछन् । नेपालबाट फर्के लगतै उनी आइफा अवार्डका लागि अमेरिका पुग्ने उनले आफ्नो ट्वीटरमा लेखेका छन् ।

add

प्रतिक्रिया