Anmol K.C movie CAPTAIN Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ १८, शुक्रबार । युवा सुपरस्टार अनमोल केसी चलचित्र ‘क्याप्टेन’ को अफिसियल ट्रेलर युट्युबमार्फत् सार्वजनिक भएको छ । आज शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारमाझ ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरलाई प्रेसमिटमै पत्रकारहरु रुचाएका छन् बनेको छ ।
दीवाकर भट्टराईद्धरा निर्देशिन चलचित्र ‘क्याप्टेन’ ट्रेलरमा चलचित्रका सम्पूर्ण कलाकारहरुलाई स्थान दिइएको छ । फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको निशानको जीवनमा आउने अनेकन उतारचढावलाई ट्रेलरमा देखाइएको छ । निशानको क्यारेक्टरमा रहेका अभिनेता अनमोलले चलचित्रमा एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । ट्रेलरमा उनको खेलाडी अवतार जबरजस्त छ । अनमोलको अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग प्रेमलाईपनि ट्रेलरमा देखाइएको छ ।
कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साइज, भिएफएक्स र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर ’पर्फेक्ट’ बनेको छ । फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा अनमोल, उपासना र प्रियंकाका अलवा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रका निर्माता भुवन केसी हुन् ।
‘क्याप्टेन’ को लेखक निर्देशक दीवाकर स्वयं हुन्, भने पटकथा सामिप्यराज तिमल्सिनाको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादन दिर्घ खड्काको रहेको छ ।
ट्रेलर हेर्नुहोस् :-
प्रतिक्रिया