Bisal Chautari Logo

लोक गायिका मञ्जु गम्भीर दुर्घटनामा

- १४ चैत्र २०७०, शुक्रबार ०४:०७ मा प्रकाशित


manju mahat
विशाल चौतारी
काठमाडौं, १४ चैत ।
चर्चित लोक गायिका मञ्जु महत बाइक एक्सिडेन्टमा परेकी छिन् । बिहीवार दिउसो साढे दुई बजे काठमाडौंको ठमेलबाट गीत रेकर्डिङका लागि मालश्री स्टुडियो  जमल आउादै गर्दा उनी गल्कोपाखामा दुर्घटनामा परेकी हुन् ।
स्कुटीमा सवार उनलाई दुइटा माइक्रोले बिचमा पारेका  थिए । दुर्घटनाबाट उनको दाहिने खुट्टामा  गम्भीर चोट लागेको गीतकार शीव सुवेदीले बताएका छन् ।  तत्काल  उपचारका लागि मनमोहन मेमोरियल हस्पिटल पुर्‍याइएकी उनको त्यहाा  उपचार हुन नसकेपछि शिक्षणहस्पिटल पुर्‍याइएकी थिइन् । त्यहाा पनि उपचार हुन नसकेपछि टोखास्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा रिफर गरिएको थियो, हाल ग्रान्डीमा उपचार भइरहेको छ ।
उनलाई बा १ ज ९२१३ को माइक्रो र अल्फाबेट खुल्न नसकेको हाइस २०७१ले ठक्कर  दिएका थिए । दुइटै गाडी र चालकलाई सोह्रखुट्टे  प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । चर्चित गायिका मञ्जु केही दिनअघि मात्रै ‘सोह्र दुना आठ’ नामक गीत सार्वजनिक भएको थियो ।

add

प्रतिक्रिया