DAL BHAT TARKARI movie Song VISIT VISAMA
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ १२, शनिबार । चलचित्र ‘दालभात तरकारी’को ‘भिजिट भिसामा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । हरिवंश आर्चायको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । स्वर अन्जु पन्त र निशान भट्टराईको रहेको छ ।
गीतको भिडियोमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेलको नृत्य छ । कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारी लाई सुदन केसीले निर्देशन गरेको हुन् । चलचित्रको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको चलचित्रलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।
कमेडि जनराको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् । चलचित्र वैशाख १३ गते देखि रिलिज हुँदैछ ।
प्रतिक्रिया