Bisal Chautari Logo

दिनेश लिङ्देन निर्देशित ‘शान्ति’ शुक्रबारबाट रिलिज

- १३ मंसिर २०७५, बिहीबार ०७:०६ मा प्रकाशित


Shanti Nepali Movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ मंसिर १२, बुधबार । सामाजिक पारिवारिक कथाबस्तु रहेको फिल्म ‘शान्ति’ आगामी शुक्रबारबाट रिलिज हुने भएको छ । फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ शुक्रबारबाट रिलिज हुने जानकारी दिएको हो ।
फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा दिनेश लिङ्देनको लेखन तथा निर्देशन छ । निर्देशक लिङ्देनले फिल्मले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थता, नारीको संवेदनशिलता जस्ता विषयलाई समेटेको बताए । ‘फिल्म सरल र शिष्ट शैलीमा निर्माण गरेका छौं । समाजको कथालाई हामीले फिल्ममार्फत देखाएका छौं,’निर्देशक लिङ्देनले भने,‘फिल्म एक वर्ष अघि नै निर्माण गरिएको हो । तर केही प्राविधिक कारणले यसपटक रिलिजको माहौल बन्यो ।’
फिल्मका नवनायक सन्जिब थेवेले पहिलोपटक फिल्ममा काम गर्दा केही गाह्रो भएको अनुभव सुनाए । त्यस्तै नवनायिका सुप्रिया श्रेष्ठले फिल्मको कथाबस्तुले आफूलाई लोभ्याएको बताईन् । संगीतकार विकास चौधरीले आफूले पहिलोपटक फिल्मी पाश्र्वगायन ‘शान्ति’बाट शुरु गरेको खुलाए । यो फिल्मका दुई गीतमा विकासकै स्वर छ ।
फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ ।
कविता राई लिङ्देन प्रस्तुतकर्ता, बसन्त थेबे कार्यकारी निर्माता र शान्ता बखिम थेवे निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, रोशन वान्तवा राईको पाश्र्व संगीत, ज्ञानु राईको छायांकन र मेगबहादुर मगरको सम्पादन छ ।
पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।

प्रतिक्रिया