Bisal Chautari Logo

‘काल मेरो साथी’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

- १३ कार्तिक २०७५, मंगलवार ०९:३२ मा प्रकाशित


Mero Saathi Kaal Nepali Short Movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ कात्तिक, १३ मंगलबार । गीतकार मनिष बसिस्ठले छोटो चलचित्र ‘काल मेरो साथी’ सार्वजनिक गरेका छन् । ‘पखेटा र मुखौटा’ जस्ता फरक शैलीको गीतपछि उनले छोटो चलचित्र निर्देशन गरेका हुन् ।
निकेश खड्काले निर्देशन गरेको चलचित्रमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको भने रुपेश खड्काको सम्पादन छ । जीवन भट्टराई र दिपेन्द्र शाहीले यो छोटो चलचित्रमा अभिनय गरेका छन् । मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले लेखनमा साथ दिएकी छिन ।

यसमा कालसँगको भेटलाई देखाइएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निर्देशक खड्काले म्यूजिक भिडियो भन्दा केही फरक शैलीमा यो छोटो चलचित्र तयार पारेको बताए ।

प्रतिक्रिया