Bisal Chautari Logo

‘निर्जला’को ‘यसपालीको दशैं’ गीत रिलिज (भिडियो सहित)

- ४ आश्विन २०७५, बिहीबार २१:१९ मा प्रकाशित


Nirjala Movie Song Yespaliko Dashain Ma
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, ४ बिहिबार । राजु गिरी निर्देशित फिल्म ‘निर्जला’ को दशैं गीत रिलिज भएको छ । नेपालीहरुको महानपर्व दशैंलाई लक्षित गरेर सार्वजनिक गरिएको ’यसपालीको दशैं…’ बोलको गीतमा बाबुल गिरी र सुजता बर्माको स्वर सुन्न सकिन्छ ।
गायक गिरी स्वयमको संगीत रहेको गीतको शब्द दिनेश सुवेदीले लेखेका हुन् । गीतको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा फिचर छन् । यसअघि सार्वजनिक भएको ‘भाले मोटर’ गीत झैं यसलाई पनि दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दशैं आउँदाको रमझम देखाइएको छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ लाई निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक भन्न चाहन्छन् ।
असोज १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले गाउँले परिबेशको कथा भन्छ । फिल्ममा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय छ । फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया