Shristhi Shrestha & Aaryan Adhikari movie BANDHA MAYALE
विशाल चौतारी समाचार
काठमाडौ, २०७५ भाद्र ३०, आइतबार । फिल्म बाँध मायाले टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर फिल्मको प्रचार प्रसारलाई तिव्र पारिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले बताए ।
आइतबार बिहान हामी राजधानीका दुई वटा कलेजमा पुग्यौं, सविरले भने, सोमबारसम्म दर्जन बढी कलेजमा पुग्ने लक्ष्य छ । नायक आर्यन अधिकारी, नायिका सृष्टि, निर्देशक सविर श्रेष्ठ, नव नायक किशोर खड्का र फिल्मका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो ।
ती कलेजका विद्याथीहरु माझ आर्यन र सृष्टिले बाँध मायाले बारे केही कुरा राखे । विद्यार्थीहरुले फिल्मप्रति चासो राखेर प्रश्न गरेको सविरले बताए । आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ अटोग्राफ समेत लिएको उनको भनाई छ ।
लभ स्टोरी फिल्म बाँध मायाले मा आर्यन र सृष्टि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । दर्शकलाई मन पर्ने फिल्म बनाएको सविर बताउँछन् ।
प्रतिक्रिया