Bisal Chautari Logo

पल शाहसंग बुगीबुगी बिजेता कबिताको हट डान्स || पहिलो म्युजिक भिडियो (सुटिङ रिपोर्ट)

- १७ भाद्र २०७५, आईतवार ०७:२४ मा प्रकाशित


Paul Shah & Kabita Nepali – first music video
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र १७, आइतबार । केही समय अगाडी सम्पन्न भएको बुगीवगीका बिजेता कबिता नेपालीले चर्चित अभिनेता पल शाहसँग म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । बुगीवगीका बिजेता भएपछि कविताको यो म्युजिक भिडियो पहिलो हो ।
गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको छायान्कन केही दिन अगाडी सम्पन्न भएको हो । भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाहको निर्देशन तथा प्रशान्त तमाङको कोरियोग्राफी यस म्युजिक भिडियोमा रहेको छ ।
म्युजिक भिडियोमा पल र कबिताको रामान्स सहितको डान्स देख्न सकिन्छ । राम कुमार केसिको छायान्कन रहेको भिडियो यही शुक्रबार रिलिज हुने तयारीमा रहेको छ ।

सुटिङ रिपोर्ट हेर्नुहोस् :-

प्रतिक्रिया