Bisal Chautari Logo

‘कस्मिक लभ’को गीतमा पहिलो पटक प्रशान्त रोमान्टिक बन्दै दीयासँग ठुम्का लगाए (गीत हेर्नुहोस्)

- १२ भाद्र २०७५, मंगलवार १२:४६ मा प्रकाशित


Cosmic Love Movie Song Prashant Tamrakar and Deeya Maskey
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र १२, मंगलबार । पछिल्लो समय भिलेनबाट चर्चा कमाएका कलाकारहरु रोमान्टिक अवतारमा पनि देख्न थालिएको छ । त्यहि ह्याण्डसम भिलेन मध्येका एक प्रशान्त ताम्राकारलाई पहिलो पटक रोमान्टिक अवतारमा देख्न पाइने भएको छ । फिल्म ‘कस्मिक लभ’ मा उनी अभिनत्री दीया मास्केसँग रोमान्टिक बनेका छन् ।
इन्टरनेट रिलिज भएको उक्त फिल्मको ‘कोया कटरको…’ बोलको गीतले प्रशान्त र दीयाको प्रेमभाव बोल्छ । भिडियोमा दुईको केमेस्ट्री गजब देखिएको छ । दिनेश सुवेदीको शब्दमा बाबुल गिरीले गीतमा संगीत भरेका छन् ।
रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गले गीतमा स्वर दिएका छन् । गीतको अडियो उत्कृष्ट बनेपनि रविन शाहको कोरियोग्राफी कमजोर छ । भिडियोमा राजाराम पौडेल, रिजन थापा, पूजन थापालगायत कलाकार पनि फिचर्ड छन् ।
बि.एस. बलामी र एस.अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा शेखर ज्ञावालीको कथा, गौतमराज खड्काको सम्पादन, राहुल राईको छायांकन रहेको छ ।
‘कस्मिक लभ’ लाई सुरज प्रधानले निर्माण गरेका हुन् । रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण भएको फिल्ममा रिजन थापा, अर्पण थापा, रविन तामाङलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया