Bisal Chautari Logo

गायिका प्रेक्षाको गीतमा माइकलको निर्देशन (भिडियो हेनुहोस्)

- २६ श्रावण २०७५, शनिबार १५:५२ मा प्रकाशित


Preksha Bam song Mero Raja
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण २६, शनिबार । गायिका प्रेक्षा बम ठकुरीको आधुनिक गीत निक गीत ‘मेरो हजुर’ बोलको गीत सार्वजनिक भएको छ । एक जोडीको प्रेम सम्वन्धलाई यस गीतमा प्रस्तुत गरिएको छ । यस गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने रिकेश गुरुङको एरेञ्ज सुन्न सकिन्छ ।
गीतको भाव र शब्द अनुसार भिडियोलाई निर्देशक तथा डान्स कोरियोग्राफर माइकल चन्दले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । सधै डान्सिङ गीतको भिडियो निर्देशन गरिरहने निर्देशक माइकलले यस गीतमा भने लव–स्टोरीलाई प्रथमिकता दिएका छन् ।
चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेको म्युजिक भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया