Bisal Chautari Logo

‘इन्टु मिन्टु लण्डनमा’ गीत रिलिज || धिरज र साम्राज्ञीको रोमान्स (भिडियो)

- ९ श्रावण २०७५, बुधबार १८:४६ मा प्रकाशित


INTU MINTU LONDONMA song DHIRAJ MAGAR and SAMRAGYEE RL SHAH
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण ९, बुधबार । चर्चित कोरियोग्राफर रेनाशा वान्तवा राईको डेब्यु निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ’उडायो हावाले…’ बोलको रोमान्टिक गीतमा हर्कुलस र निकिता थापाको स्वर छ ।
चलचित्रको घोषणादेखी नै चर्चामा रहेको चलचित्रमा नव–अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर छन् । गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । यूकेका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा धिरज र साम्राज्ञीको जोडी जमेको छ । एक जोडीको प्रेमभाव बोलेको भिडियोमा धिरज र साम्राज्ञीको रोमान्स देख्न सकिन्छ ।

गीत हेर्नुहोस् :-


केहि हप्ता अगाडि सार्वजनिक टीजरले सकारात्मक प्रतिक्रिया बटुलिरहँदा निर्माण टिमले बुधवार यो गीत इन्टरनेट रिलिज गरेको हो । यस फिल्मको अधिकांश छायांकन यूकेमा भएको छ । ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । यो फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

साम्राज्ञी र धिरजले एक–अर्काको तारिफ गर्दा 

प्रतिक्रिया