Bisal Chautari Logo

‘साली कस्को भेनाको’ ट्रेलर रिलिज

- २७ असार २०७५, बुधबार ०६:३६ मा प्रकाशित


Sali Kasko Bhena Ko Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ २७, बुधबार । हास्य प्रदान सामाजीक फिल्म ‘साली कस्को भेनाको’ को ट्रेलर सार्वजनीक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा बिल्सन बिक्रम राई, बुद्धि तामाङ,रजनी गुरुङ,मरिश्का पोखरेल,सुष्मा कार्की,जयनन्द लामा,कविता आले, बीरेन श्रेष्ठ,पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निकै रमाइलो फिल्म बनाएकाले दर्शकले मन पराउने बिश्वास निर्देशक भद्रको छ ।
प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ,सुशीलगोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । फिल्मको गीतमा प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।
‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउछन् । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका फिल्म निर्माण गरेका थिए । लामो समयको अन्तरालपछि फिल्म निर्माणमा पुनरागमन गरेका प्रसाद साली कस्को भेनाको बाट निकै आशावादी छन् ।

प्रतिक्रिया