Bisal Chautari Logo

भक्त राज आचार्यको सहयोगार्थको लागि प्रस्तुति दिदै सत्यस्वरुप

- १८ बैशाख २०७५, मंगलवार ०६:१५ मा प्रकाशित


 Bhakta Raj Acharya  By presenting satya sorup achary the devotees for the support  

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १६,आइतबार। लामो समय देखि जिब्रोको क्यान्सर (अबुर्द )रोग बाट पिडित नेपालका ख्याती प्राप्त वरिष्ठ कलाकार भक्त राज आचार्यको सहयोगार्थ डिसीमा कार्यक्रम हुने भएको छ ।

उक्त च्यारिटी शो ( सहयोगार्थ प्रदर्शन ) को लागि उनका दुई छोरा सत्यस्वरुप  बिशेष प्रस्तुति हुनेछ ।आर एन आर समुहको प्रस्तुतिमा उक्त च्यारिटी सो ‘सहयोगार्थ प्रदर्शन’ हुनेछ ।

आगामी जुन २ तारिख शनिबार साँझ ७ बजे कार्यक्रम हुने छ । भर्जिनिया को फेयर फ्याक्स स्थित तन्दुरी नाइट्स चमेना गृहमा कार्यकम हुने छ ।

टिकट मुल्य (प्रवेश शुल्क )$ ३० डलर रात्री भोजन सहित समाबेश गरिएको छ । अन्य जानकारीको लागि रोशन पुरी लाई ७०३ -६२५-७३२९ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया