Bisal Chautari Logo

फेरी उठ्नेछ नेपाल अन्तर्गत देशका विशिन्न शहरमा कन्सर्ट गर्दै ‘प्रोजेक्ट वान’

- १६ बैशाख २०७५, आईतवार ०६:३४ मा प्रकाशित


Concert Gardai ‘Project One’

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १६,आइतबार।  नेपालका चर्चित व्याण्डका सदस्यहरु आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले ’फेरी उठ्नेछ नेपाल (४’ शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँग फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा यसको दोस्रो संस्करण नेपथ्यसँग नै पोखरामा गरेको थियो ।

त्यसपछी सन् २०१८ को सुरुवातमा बुटवलमा यसै शिर्षकमा फेरी उठ्नेछ नेपाल ३ विथ प्रोजेक्ट वानको आयोजना व्याण्डवागन बाइ पोजिटिभ भाइब्स गरिसकेको छ । अब व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले फेरी उठ्नेछ नेपाल ४ अन्तर्गत देशका विशिन्न शहरमा कन्सर्ट गर्दैछ , जसको सुरुवात बनेपाबाट भएको छ । शनिवार ब्याण्डले बनेपामा आफ्नो भव्य कन्सर्ट गर्न सफल भएको छ ।

यसैगरी बनेपा बसपार्कमा आयोजित कन्सर्टमा सबैले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नुका साथै एकले अर्काको गीत गाएका थिए । रविनले मुक्तिको गीत गाउदा स्याडोजले अनुप्रस्थको गीत गाएका थिए । यस किमिमको फ्युजन उपस्थित दर्शकलाई सरप्राइज थियो । साँझ ६ स् ३० देखि सुरु भएको कन्सर्ट झन्डै ८ स् ३० सम्म चलेको थियो । कन्सर्टमा सहभागी हुन् विशेषत युवा दर्शकको भिडभाड रहेको थियो ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् । यसैले गर्दा पनि ब्याण्डको प्रस्तुति हेर्नका लागि बनेपाली दर्शकको राम्रो उपस्थिति रहेको थियो ।

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले दर्शकको उल्लेख्य उपस्थितिले आफुहरुलाई थप उर्जा मिलेको बताए । व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।

विकेश कायस्थ , फाउण्डर प्रोजेक्ट वान ( हामीले संगीत पारखीलाई मध्य नजरगर्दै विभिन्न ब्याण्डमा रहनु भएका चर्चित भोकलिस्ट , गिटारिस्टलाई एकै समुहमा ल्याएका हौ । प्रोजेक्ट वान अन्तर्गत हामीले बनेपामा गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । यसले हामीलाई फेरी उठ्नेछ नेपालको चौथो संस्करण गर्न निकै हौसला थपेको छ । हामी छिटै नै राजधानी स्थित देशका प्रमुख शहरमा कन्सर्ट गर्दैछौ । साथै हामीले एल्बम पनि सार्वजनिक गर्दैछौ ।

प्रतिक्रिया