Movie ‘kale dai’ First song Raifal ko sirani release
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १६,आइतबार। फिल्म ‘काले दाई’ मा समावेश पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘राइफलको सिरानी’ बोलको गीत लोकशैलीको रहेको छ भने यसमा सञ्चारकर्मी सुमन वैरागीको शब्द , दीपक शर्माको संगीत र धुर्व विश्व र सहिमा श्रेष्ठको स्वर रहेको छ ।
इंद्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरीङ गीतलाई रामजी लामिछानेले निर्देशन गरेका छन् ।
इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई शिव शर्माले निर्देशन गरेका छन् ।
शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम र रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।
प्रतिक्रिया