Bisal Chautari Logo

निर्देशक सविरले ‘धोका’ दियो -उमा बेबी

- १३ बैशाख २०७५, बिहीबार ०८:०५ मा प्रकाशित


Sabir shrestha & Uma Beby Controversy

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १२,बिहिबार।  अभिनेत्री तथा निर्मात्री उमा बेबीले निर्देशक सवीर श्रेष्ठलाई धोका दिएको आरोप लगाएकी छिन्। उनले पछिल्लो पटक निर्माण गरेको चलचित्र ‘कहिँ कतै’को दोश्रो गीत सार्वजनिक कार्यक्रममा चलचित्रको बारे जानकारी दिनुका साथै निर्देशकले धोका दिएको आरोप लगाएकी छिन्।

चलचित्र छायांकन  हुँदा हुदै आफ्नो सम्पूर्ण पारिश्रमिक लिएर सवीरले बीच बाटै चलचित्र छोडेको आरोप लगाउनुका साथै उनले निर्देशकको काम चलचित्र निर्देशन गर्नु मात्र नभएर प्रमोसनको लागि पनि उत्तिकै हिड्नु पर्ने, निर्माता सँग-सँगै काम गर्नु पर्ने तर सवीरले त्यस्तो कुनै काम नगरेकाले आफ्नो चित्त दुखेको भन्न सम्म भ्याईन।

आगामी साउन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारिमा रहेको चलचित्र ‘कहिँ कतै’को पत्रकार भेटघाट कार्यक्रममा उमा बेबीले निर्देशक सविर श्रेष्ठलाई सो आरोप लगाएकी हुन् ।

नव अभिनेता सोनाम बर्फुन्ग्पा र उमा बेबीकी सुपुत्री सिवानी गिरी अभिनित यस चलचित्र यि दुबै नायक नायिकाको पहिलो डेव्यु चलचित्र हो । चलचित्रमा सोनाम र सिवानिको अलावा दिलिप रायमाझि, उमा बेबि, किशोर खतिवडा लगायत अन्य कलाकारहरुको पनि भूमिका रहेको छ ।

प्रतिक्रिया