विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १२,बुधलबार। भारतीय टेलिभिजनकी चर्चित कलाकार अमिता अद्राताको मृत्यु भएको छ । भारतीय टेलिभिजनका थुप्रै सिरियलमा अभिनय गरेकी अमिताको मंगलबार राति मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनी लामो समयदेखि अस्वस्थ रहेकाले अस्पतालमा उपचाररत थिइन् । उनले अभिनय गरेका टेलिसिसरियलहरु थुप्रै छन् । पछिल्लो समय उनी ‘कुछ रंग प्यारके ऐसे भी’ सिरियलमा अभिनय गर्दै आएकी थिइन् ।
उनले विशेषगरी जीटीभीका सिरियलहरुमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका सिरियलहरु ‘मनकी आवाज प्रतिज्ञा’, ‘डोली अरमानोकी’, ‘बाजीगर’ लगायत थुप्रै सिरियल चर्चित छन् ।
प्रतिक्रिया