Prashna Shakya New song ‘Hawa’ release
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख ११, मंगलबार । ‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए हावा’ बोलको गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।
सुमधुर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराज वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । अनिल र श्वेताको अभिनय रहेको भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ ।
भिडियो:
Song: A Hawa
Singer: Prashna Shakya
Lyrics: Sarita Tuladhar
Music: Hari Lamsal
Arranger: Uday Raj Paudel
Actors: Anil, Sweta
MUA: Nanda Adhikari
Production Manager: Krishna Garib
Camera: Utsav Dahal
Edit: Nishan Ghimire
Director: Yubraj Waiba
प्रतिक्रिया