Bisal Chautari Logo

‘बाँध मायाले’को प्रदर्शन मिति तय, जान्नुहोस् कहिले ?

- ११ बैशाख २०७५, मंगलवार ०९:४९ मा प्रकाशित


Movie “Badha mayale’ releases date final

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख ११, मंगलबार । अन्ततः सविर श्रेष्ठको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्म बाँध मायाले को प्रदर्शन मिति तय गरिएको छ । यो लभ स्टोरी फिल्मलाई असोज ५ गते डिसिएनले अल नेपाल प्रदर्शनमा ल्याउने पक्का गरेको श्रेष्ठले बताए । बाँध मायाले मा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठले पहिलो पटक सँगै स्क्रिन सेयर गरेका छन् ।

हाल डविङ कार्य भैरहेको बाँध मायाले को चाँडै नै फस्ट लुक्स रिलिज गर्ने सविर श्रेष्ठले बताए । हामी केही सातामै प्रेसमिट गरेर तपाईंहरु माझ सप्राइज प्याकेज सार्वजनिक गर्नेछौं, लेखक, निर्माता तथा निर्देशक श्रेष्ठले भने, नाम जस्तै फिल्मले सबै दर्शकलाई बाँध्नेछ भन्ने विश्वास छ ।

काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायाले निर्माणमा रामहरी धिताल र विभेषिका श्रेष्ठले सविरसँग सहकार्य गरेका छन् । सह निर्माताको रुपमा महेन्द्र अधिारी र केदार धिताल आवद्ध छन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् ।

यस्तै फिल्ममा संगीत अर्जुन पोखरेल र बाबु श्रेष्ठको छायाँकन छ । रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया