Bisal Chautari Logo

शिल्पाको बोतलको पानीले विल्सनको बानि बिगा¥यो (भिडियो सहित)

- १७ चैत्र २०७४, शनिबार ०७:३९ मा प्रकाशित


wilsan bikram rai and Shilpa Pokharel
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत १७, शनिबार । गायक अमर राईको स्वरमा सजिएको चञ्चले नानीले बोलको गीत सार्वजनिक भएको छ । गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन । संवत यो जोडी पहिलो पटकसँगै देखिएको हो ।

भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । भिडियोमा विल्सनले शिल्पालाई मन पराउछन । यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् । गीतमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
सार्वजनिक गीतको बारेमा बोल्दै निर्देशक निकेश खड्काले भने ‘गीतलाई हामीले गाउको एक कथा मार्फत प्रस्तुत गरेका छौ । विल्सन गाउले युवा छन् भने शिल्पा गाउको खाजा घरको साहुनी हुन्छिन । यी दुईको प्रेम भाव र त्यसको रमाइलो पललाई नै मैले भिडियोमा प्रस्तुत गरेको छु’, निर्देशक खड्काले बताए ।
त्यस्तै गायक अमर राईले पनि सार्वजनिक गीतको बारेमा बोल्दै भने ‘गीतमा चञ्चले नानीको सुन्दरताको बयान गरिएको छ । गाउँको प्रेमिल टिपिकल शब्द प्रयोग गरिएको छ । गीतमा विल्सन र शिल्पा राम्रो देखिनु भएको छ’, गायक अमरले बताए ।

Chanchale Nani-Amar Rai Ft. Wilson Bikram Rai/Shilpa Pokhrel | New Song-2018


Chanchale Nani …
Vocal: Amar Rai
Album Immortal
Lyrics/Compose: Manipal Rai
Arranger: Nim Sangeet
Mixing: Prakash KC
Featuring: Wilson Bikram Rai/Shilpa Pokhrel
Choreographer: Rajiv Samar
Camera: Uttam Humagain
Mua: Shristi Thapa Magar
Edit: Bikash Dhamala
Direction: Nikesh Khadka
Provided by Amar Rai

प्रतिक्रिया