Bisal Chautari Logo

‘मिस्टर भर्जिन’को रमाइलो गीत ‘टुल्की’को भिडियो सार्वजनिक (भिडियो सहित)

- १३ फाल्गुन २०७४, आईतवार ११:४१ मा प्रकाशित


MR.VIRGIN movie Song TULKI Gaurav Pahari, Shraddha Prasai, Smriti Pokharel
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १३, आइतबार । चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार काठमाडौँमा एक विशेष कार्यक्रम बीच ‘टुल्की’को भिडियो सार्वजनिक गरिएको थियो ।

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको गीतमा सुरज पण्डितको स्वर ,शब्द र सङ्गीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र झाको साथै श्रद्धा प्रसाई, स्मिृती पोख्रेल र इलियन मरान्डाको अभिनय रहेको छ ।
वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् ।
तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्रको रिलिज मिति छिट्टै घोषणा गरिने भएको छ ।

TULKI | MR.VIRGIN New Nepali Movie Song 2018 | Gaurav Pahari | Shraddha Prasai | Smriti Pokharel


SINGERS : Suraj Pandit
RAPPER : Amrit Lwangun
LYRICS/MUSIC : Suraj Pandit
ARRANGE : Kamal Saurag
RECORDING/MIXING STUDIO : Maruni Recording Studio
FEMALE MODELS IN VIDEO : Shraddha Prasai , Smriti Pokharel , Ellyn Maranda
CAST : Gaurav Pahari, Mariska Pokharel, Bijay Baral, Kamal Mani Nepal, Bholaraj Sapkota, Rabindra Jha

प्रतिक्रिया