Bisal Chautari Logo

हिन्दी गीतमा सलमानको कोरस भएर नाच्न मानेन् नेपाली नायिकाहरु , क-कस्ले गरे अस्विकार ?

- २५ माघ २०७४, बिहीबार ०९:३९ मा प्रकाशित


Nepali singers did not listen to Salman’s chorus in Hindi song
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २५ बिहिबार। मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले अस्विकार गरेका छन् ।
उनीहरुले आफुलाई सम्मान नभएको भन्दै सलमानको शोमा नाच्न अस्वकार गरेका हुन् । नायिका स्वस्तिमा खड्काले भनिन्(‘हामीलाई सम्मान नै भएन,हामी सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा । अनी हामीले ननाच्ने भनेका हौं ।’
‘पारिश्रमिक पनि हामीलाई एकदमै हेपेर प्रस्ताव गरियो ।’ स्रोतको अनुसार एक लाख पारिश्रमिकमा कोरस, ड्रेस र रिहलसल्स सकाउनु पर्ने आयोजक कम्पनीको प्रस्ताव थियो ।
उनले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरिन् ।
यता ओडिसीका प्रमुख सिमान्त गुरुङले प्रस्ताव गरिएका नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने बताए । ‘यो कुरा हामीले सलमानलाई पनि भनिसकेका छौं’, उनले भने, ‘उहाँ छक्क पर्नु भयो ।’ कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको गुरुङले दाबी गरे ।

प्रतिक्रिया