Bisal Chautari Logo

गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले जेलबाटै गरे यसरी अभिवादन !

- २७ पुष २०७४, बिहीबार १०:३३ मा प्रकाशित


Congratulations on the movement of Govind KC by Bal Krishna Dhungel
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २७ बिहिबार । माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् । २०५५ असार १० मा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा डिल्लीबजार कारागारमा रहेका छन् ।
ढुङेललाई भेट्न पुगेकी उनकी जेठी छोरी विनिताले बालकृष्णलाई उदृत गर्दै आफ्नो फेसबुक वालमा लेखेकी छन्– ‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा। गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’
छोरी विनिताले आफू १५ दिनपछि बुबालाई भेट्न जाँदा आफूलाई बुबाले यो सन्देश पु¥याई दिन भनेको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया