Bisal Chautari Logo

चर्चित हास्य अभिनेता केदार घिमिरे, सुदर्शन र पूजाको चलचित्रमा १० लाखमा अनुबन्धित

- २६ पुष २०७४, बुधबार १६:१९ मा प्रकाशित


Kedar Ghimire Charges Rs 10 lakh rupees for new movie
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ पौस २६ बुधबार । चर्चित हास्य अभिनेता केदार घिमिरे अर्थात् माग्ने बुढाले महंगो पारिश्रमिकमा नयाा फिल्म खेल्ने सम्झौता गरेका छन् । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्ने नया फिल्ममा कलाकार घिमिरे १० लाख पारिश्रमिक लिएर अभिनय गर्न तयार भएका हुन् ।
उनले लिएको यो पारिश्रमिक रकम युवा स्टारहरु अनमोल केसी र प्रदीप खड्का पछि उच्च हो भने नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको बराबर हो । दश लाख लिएर फिल्म खेल्ने सम्झौता गरेको कलाकार घिमिरेले स्विकार गरे । ‘डेढ लाखको आयकर तिर्ने गरी दश लाखमा फिल्म खेल्ने सम्झौता भएको हो’, कलाकार घिमिरेले भने, ‘सुरुमा मलाई उहााहरुले चार लाख पच्चीस हजारको चेक दिनु भएको छ । बााकी रकम सुटिङ सकिएपछि पाउाछु ।’ उनले पाउने दश लाख पारिश्रमिकमा डेढ लाख कर तिर्नु पर्ने हुन्छ ।
पारिश्रमिक सगै फिल्मको कथा मन परेर सुदर्शन र पुजासाग काम गर्न आफु तयार भएको केदारले खुलाए । ‘कथा राम्रो लाग्यो । फेरी सुदर्शन जीको फिल्ममा नयाापन हुन्छ । सबै कुरा मिलेपछि फिल्म खेल्न राजी भएको हुा ।’ ‘छक्का पञ्जा’ टिमले बर्षको एउटा बाहिरी ब्यानरको फिल्म खेल्न फुक्का गरेपछि ‘माग्ने’ नयाा फिल्म खेल्न तयार भएका हुन् । सुदर्शन र पुजाले बनाउने नयाा फिल्मको छायााकन माघदेखि सुरु हुनेछ । फिल्मको लागि नायक भने पक्का भैसकेको छैन ।

प्रतिक्रिया