Bisal Chautari Logo

वडा अध्यक्षले खोलाबाट बालुवा चोरेर लादै गर्दा गार्दा गाउँलेले समाते

- २० पुष २०७४, बिहीबार ११:३५ मा प्रकाशित


The VADA president throws sand from the open
विशाल चौतारी समाचार
सुनवल ,२०७४ पुस २० बिहिबार । सुनवल नगरपालिकाका २ स्थित तुरिया खोलाबाट एक वडा अध्यक्षको खोलाबाट बालुवा चोरी गरेको छ । तुरिया खोलाबाट बालुवा चोरी गरी भाग्दै गर्दा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् ।
                                                                                                                              फाइल फोटो

खोलाबाट ट्रयाक्टरमा बालुवा लोड गरि भाग्दै गर्दा खुटहटका स्थानीय बासीले टयाक्टर समातेर ईलाका प्रहरी कार्यालय सुनवललाई बुझाएका हुन् ।खोलामा ठेक्का नलाग्दै अवैध उत्खनन् गरी बालुवा चोरी हुन थालेको छ । यसरी बालुवा चोरेर भाग्दै गरेको एउटा ट्रयाक्टर स्थानियले प्रहरीलाई बुझाई कार्वाहीको माग गरेका छन् । पक्राउ परेको उक्त ट्रयाक्टर सुनवल नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेन्द्र यादवको रहेको खुलेको छ ।

प्रतिक्रिया