Bisal Chautari Logo

विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता

- २० पुष २०७४, बिहीबार १०:५४ मा प्रकाशित


Earthquake backs back on pressure
विशाल चौतारी समाचार
भोजपुर ,२०७४ पुस २० बिहिबार । भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ ।
                                                                                                                               फाइल फोटो

भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै पुननिर्माण प्राधिकरणका कर्मचारीले नियमविपरीत रकम असुली गरेको भन्दै विप्लवका कार्यकर्ताले उक्त रकम फिर्ता गर्न दबाब दिएका हुन् ।
दबाबपछि स्थानीय कन्सल्नेन्सीले पीडितसँग लिएको एक लाख ९४ हजार रकममध्ये ३४ हजार नै फिर्ता गरिएको उक्त वडाका वडाध्यक्ष विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया