Bisal Chautari Logo

दक्षिण कोरिया र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ताका हुने

- १८ पुष २०७४, मंगलवार १०:१२ मा प्रकाशित


High-level talks between South Korea and North Korea
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १८ मंगबार । दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्नका लागि दक्षिण कोरियाले यहि जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको हो ।
उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको र विन्टर ओलम्पिकमा आफ्नो देशको सहभागिता गराउने विषयमा पनि सोचिरहेको बताएका थिए ।

प्रतिक्रिया