Bisal Chautari Logo

२७ बर्षीया मोडल बीना थापाको दुर्घटनामा मृत्यु

- १२ पुष २०७४, बुधबार १३:२० मा प्रकाशित


Death on the accident of Modal Bina Thapa
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ पुस १२ बुधबार । अभिनेत्री तथा मोडल बीना थापाको दुर्घटनामा परि मृत्यु भएको छ । राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको हो । उनले निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’का अभिनय गरेकी छिन् ।
बत्तीसपुतलीमा बा।२ ख ८९४ नम्बरको पानी ट्याङकरले बीना थापा सवार बा।५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपश्वात उपचारको लागी विर अस्पताल पुर्याइएको थियो ।
उपचारको क्रममा नै उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा पनि उनले प्रस्तुती दिइसकेकी थिइन् ।गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केही फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् ।

प्रतिक्रिया