Bisal Chautari Logo

एमालेसँग माओवादी विलय भएमा पार्टी पुनर्गठन गोपाल किरातीले गर्ने चेतावनी

- १२ पुष २०७४, बुधबार ११:४२ मा प्रकाशित


Party reorganization Gopal Kirti warns
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १२ बुधबार । नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले वाम एकताप्रति असहमति जनाउँदै तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । माओवादी केन्द्रका सचिवालय सदस्य किरातीले छुट्टै ‘आठौं महाधिवेशन समुह’ गठन गरेर एमाले जस्तो दक्षिणपन्थी पार्टीसँग माओवादी विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिएका छन् ।
                                                                                                                           फाइल फोटो

आठौं महाधिवेशन समुह मार्फत नेता किरातीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ समक्ष राष्ट्रिय महाधिवेशनको माग गर्दै १० बुद्धे मागपत्र प्रस्तुत गरेका छन् । मागपत्रमा माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एमालेसँग विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिइएको छ । किरातीको मागपत्रमा भनिएको छ, ‘माओवाद र पहिचानको मुद्दा धरापमा पारेर पार्र्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससँग सम्बधविच्छेद गरी आफ्नो सर्वहारा वर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ ।’

प्रतिक्रिया