Bisal Chautari Logo

बारामा माछा महोत्सव

- १२ पुष २०७४, बुधबार १०:०१ मा प्रकाशित


Fish festival in the bar
विशाल चौतारी समाचार
कलैया ,२०७४ पुस १२ बुधबार । नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ ।
‘मत्स्यपालनको विकास समृद्धिसँगै राष्ट्रको विकास, स्वदेशी माछा खाऊँ, स्वस्थ रहौँ’ नाराका साथ उक्त महोत्सवको आयोजना गर्न लागेको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चौधरीको संयोजकत्वमा १३ सदस्यीय समारोह समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । गत वर्ष कलैयामा प्रथम माछा महोत्सव आयोवजना गरिएको थियो । रासस

प्रतिक्रिया