Bisal Chautari Logo

‘मिस्टर झोले’ कबड्डी सिरिजबाट ‘प्याकेज उस्तै लागेपनि, भित्रको कथा, पात्र भिन्न छन् – दयाहाङ राई

- १२ पुष २०७४, बुधबार ०७:५९ मा प्रकाशित


mister jhole movie dayahang rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ पौष १२ बुधबार । पुष २८ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’ले प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङ, निर्माताहरु टेकेन खड्का र रौनक विक्रम कंडेल लगायतले सोमबार अनलाइन मिडियासाग अन्र्तक्रिया गरे ।
अन्र्तक्रियामा अभिनेता दयाहाङले मिस्टर झोलेलाई कबड्डी सिरिजबाट पूर्णत: मुक्त रहेको दाबी गरे । ‘प्याकेज उस्तै लागेपनि, भित्रको कथा र पात्र भिन्न छन् । हेरेपछि तपाईंले भिन्न महसुस गर्नुहुन्छ’ दयाहाङले भने । आफू मुख्य पात्र नभएर कथालाई अन्य पात्रले समेत लिड गर्ने उनले जनाए ।
निर्माता टेकेन खड्काले प्रवद्र्धनमा कुनै कसर बााकी नछाडिएको बताए । अघिल्लो प्रिक्वेल झोले र अहिलेको कथामा भिन्नता रहेको उनको कथन छ । टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्ट्स ब्यानरमा निर्माण भएको सिनेमा पुस २८ मा प्रदर्शन हुादैछ । रामबाबु गुरुङ निर्देशित सिनेमाले उक्त मितिमा प्रियंका र आर्यन स्टारर बटरफ्लाइसाग प्रतिस्पर्धा गर्दैछ । बुद्धि तामाङ, वर्षा राउत, विजय बराल, प्रवीण खतिवडाको मुख्य भूमिका छ ।

प्रतिक्रिया