Bisal Chautari Logo

चीनलाई बिजुली बेच्नेसम्म कुलमानको योजना

- १० पुष २०७४, सोमबार १०:४८ मा प्रकाशित


Kalaman plans till China sells electricity
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १० सोमबार । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाएका छन् ।
                                                                                                                             फाइल फोटो

ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला ९लेक्चर सेरिज० मा विशेष अतिथिको रूपमा उपस्थित कुलमानले यस्ता योजना सुनाएका हुन् । उनले भने, “रसुवाको लाङटाङमा जलाशययुक्त आयोजना निर्माण गरेर त्यो पानी २१ किलोमिटर सुरुङमार्फत हेलम्बुमा ल्याएर त्यहाँ पनि ४ सय मेगावाट बिजुली निकालेर काठमाडौंवासीलाई स्वच्छ खानेपानी दिन सकिन्छ ।”
छिमेकी राष्ट्र चीनले तिब्बतदेखि गेरुङसम्म ५०० केभीको २ हजार किलोमिटर लामो प्रसारणलाइन नेपालकै लागि बनाउन लागेको र गेरुङमा सवस्टेसन बनाइ ४०० केभीमा नेपालसम्म ल्याउने योजनाका साथ काम अघि बढेको उनको भनाइ छ । “गेरुङबाट केरुङ र रसुवागढी हुँदै २५० किलोमिटरमा गल्छीसम्म ल्याउने गरी योजना अघि बढेको छ,”

प्रतिक्रिया