Bisal Chautari Logo

दिपेश र समिताको ‘मन त परदेशी’ पौष १४ गते रिलिज

- ६ पुष २०७४, बिहीबार १२:३३ मा प्रकाशित


Man Ta Pardesi movie Depesh Raj and Samita Giri
विशाल चौतारी समाचार
तस्बिर : बिशाल राई
काठमाडौ, २०७४ पौष ६ बिहिबार । चलचित्र ‘मन त परदेशी’ यहि पौष १४ मा रिलिज हुादैछ । रिलिजको छेकोमा निर्माण टिमले पत्रकार भेटघाट गर्दै चलचित्रको बारेमा जानकारी गराएको छ ।
अभिनेता दिपेशराज पाण्डे र अभिनेत्री समिता गिरि फिचरिङ रहेको चलचित्र ‘मन त परदेशी’ले रोजगारीको लागी अरबी मुलुक पुग्दै गर्दा नेपाली युवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडाहरुलाई उठान गरेको छ । यस चलचित्रलाई देव नेपालले निर्देशन गरेका हुन् । पत्रकार भेटघाटमा निर्माता दुर्गा बहादुर खड्काको साथमा दिपेशराज र समिता उपस्थित थिए ।
चलचित्र हेरिरहदा आफ्नै कथा महसुश हुने बताउदै निर्माता खड्काले भने ‘चलचित्रमा विदेशी भूमिमा भोग्ने पिडालाई देखाएका छौ ।’ यस्तै फिल्मले संदेश मात्र नभई मनोरंजन पनि दिने दिपेश बताउछन । ’हामीले कथा मार्फत सचेत त गराउछौ नै साथै मनोरंजन पनि दिन्छौ’ दिपेश थप्छन ’फिल्मको लागि मेहनत गरेका छौ , आश छ दर्शकलाई मन पर्छ ।’
फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ । फिल्म मार्फत समिता पनि आश्वादी छिन । ’बाहिर भएको शो मार्फत राम्रो प्रतिक्रिया पाएकी छु’ समिता थप्छिन ’दर्शकले अभिनयले निराश बनाउदैन ।’ पुश्कर सुनुवारले संगीत भरेका छन् । दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेको फिल्मलाई मर्भुमी नारायण र राजेन्ऽ कुमार थापाले खिचेका हुन् ।

प्रतिक्रिया